हिमाल दैनिक
पनामा पेपर्स केसमा पूर्व विश्व सुन्दरी ऐश्वर्या रायबाट सोधपुछ सुरु
aishwariya-rai-bacchan
बिश्व चर्चित पनामा पेपर्स लिक केसमा बलिउड अभिनेत्रि ऐश्वर्या राय बच्चन ईडी(प्रवर्तन निदेशालय) कार्यालय पुगेकी छिन् । ईडीले ऐश्वर्यालाई कार्यालय सोधपुछका लागि बोलाएको थियो । भारतीय न्युज एजेन्सी एएनआईका अनुसार ईडीले प्रिभेन्सन अफ मनी लाण्डरिङ्ग एक्ट २०२२ अन्तर्गत मनी लाण्डरिङ्गको मुद्दा दर्ता गराइएको छ ।
बच्चन परिवारजी नाम कसरी आयो पनामा पेपर्समा?
सन् २०१६ मा ब्रिटेनमा पानामाको ल फर्मको १.१५ करोडको ट्याक्स डकुमेन्ट लिक भएको थियो। जसमा दुनियाभरका नेता, ब्यापारी र ठुला हस्तीहरुको नाम समिल थियो । पनामा पेपर्स केसमा भारतका नेता, अभिनेता, खेलाडी, ब्यापारी गर्दै करिब ५ सय जनाको नाम आएको बताइएको छ । यो लिस्टमा बच्चन परिवारको पनि नाम छ । एजेन्सीका अनुसार अमिताभ बच्चनलाई ४ शिपिंग कम्पनिको डायरेक्टर बनाइएको थियो । जसमा तीन बहामस र एक भर्जिन आइल्याण्डमा रहेको बताइएको छ । सन् १९९३ मा बनाइएको यो कम्पनिको पूंजी ५ हजार बाट ५० हजार डलरको बीच रहेको थियो। तर, यो कम्पनिले भने शिप्सको कारोबार गरेको थियो। त्यो शिप्सको मुल्य करोडौमा छ । त्यस्तै, ऐश्वर्यालाई पहिले एक कम्पनिको डायरेक्टर बनाइएको छ । त्यसपछि उनलाई कम्पनिको शेयर होल्डर घोषणा गरिएको बत्तैएको छ । यो कम्पनिको नाम अमिक पार्टनर्स प्राइभेट लिमिटेड रहेको छ र यसको हेडक्वार्टर भर्जिन आइल्याण्डमा रहेको छ । यो कम्पनिमा ऐश्वर्या संग उनको वुवा के. राय, आम वृंदा राय र भाई आदित्य राय पनि कम्पनिमा पार्टनर रहेको बताइएको छ । यो कम्पनि २००५ मा खोलिएको थियो भने यसलाई २००८ मा बन्द गरिएको थियो । उनीहरुले कर चल्नका लागि यो शेल कम्पनि स्थापना गरेको आरोप छ ।
प्रकाशित मिति: सोमबार, पुस ५, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update