चन्द्रागिरिमा हिमपात

राजधानीको प्रमुख पर्यटकीयस्थल चन्द्रागिरि डाँडामा हिमपात भएको छ ।
रातभरी परेको वर्षासँगै आज बिहानैदेखि चन्द्रागिरि डाँडामा हिमपात सुरु भएको हो ।
चन्द्रागिरिमा यस वर्ष पहिलो पटक हिमपात भएको र हिउँले डाँडा पुरै सेताम्य भएका चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिए । देशभर आज मौसम बदली भई उच्च पहाडी र हिमाली क्षेत्रमा हिमताप भएको छ । अन्य क्षेत्रमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय