हिमाल दैनिक
झम्सीखेलमा खुल्यो अत्याधुनिक ‘अपटाउन लाउन्ज एण्ड क्लब’
uptown pic (9)
ललितपुर जिल्लामै पहिलोपटक अत्याधुनिक फेमिली लाउन्ज ‘अपटाउन लाउन्ज एण्ड क्लब’ सञ्चालन हुने भएको छ । झम्सीखेलमा यही पुस १५ गतेबाट लाउन्ज सञ्चालनमा आउने लागेको हो । कोरोना कहरका कारण सारा व्यवसाय ठप्प भएकै बेला युवा व्यवसायीहरुको सामूहिक लगानीमा सञ्चालनमा आउन लागेको उक्त रेष्टुराँमा चाईनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको स्वाद लिन पाईन्छ । हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक–फरक सांगितिक लाईभ कार्यक्रम समेत प्रस्तुत गरिने ‘अपटाउन लाउन्ज एण्ड क्लब’का अध्यक्ष आदित्य मिश्रले जानकारी दिएएका छन् । फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्देश्यले नयाँ शैलीको रेष्टुराँ सञ्चालनमा ल्याउन लागेको मिश्रको भनाइ छ । रेष्टुराँमा सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु समेत सञ्चालन गरिने गरी व्यवस्था गरिएको छ । यसका लागि टेरेस रुम, भिआइपी रुम, लाईभ रुम, फेमेलि रुम लगायतको व्यवस्था रहेको मिश्रले बताए । संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । रेष्टुरेन्ट विहान एघार बजेदेखि राति २ बजेसम्म संचालनमा आउनेछ । त्यस्तै, विहान एघार बजेदेखि साँझ ६ बजेसम्म सेमिनार, गोष्ठी, इभेन्ट तथा पार्टीहरु संचालन गरिने छ । ‘विशेषगरी रेष्टुरेन्टमा क्रिस्पी चिकेन, चिकेन कोत्सो, पानको फ्राईड प्राउन, बेकन सिरिम्स रोल, क्रिम्सी मिनी रोल लगायतका फरक–फरक स्वादका खानाहरु उपलव्ध छन् । झम्सीखेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने योजनाका साथ रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको अध्यक्ष मिश्रले जानकारी दिए । अपटाउन रेष्टुरेन्टमा पाँच दर्जन बढीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । झम्सीखेल चोकमै रहेको रेष्टुरेन्टको भित्री भागका साथै बाहिरी छत पनि समेटेको छ, जहाँ बसेर झम्सीखेलको सुन्दर दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरुको आनन्द लिन सकिन्छ । रेष्टुरेन्टमा प्रयोग गरिने धेरैजसो खाद्य वस्तुहरु साना, स्थानीय उत्पादकहरुमार्फत् खरिद गर्ने योजना रहेको छ । पब र क्लबहरु दरबारमार्ग र ठमेलमा मात्र हैन अब झम्सीखेलमा पनि छ है भन्ने सन्देश दिन पनि ‘अपटाउन लाउन्ज एण्ड क्लब’को आइडिया फुरेको अर्का संञ्चालक गौरव जैनले बताए । नयाँ वर्षको अवसरमा ‘अपटाउन लाउन्ज एण्ड क्लब’ले विशेष अफरसहितका कार्यक्रम सञ्चालन गर्ने तयारी समेत गरेको छ । ललितपुरको मुख्य केन्द्र मानिने झम्सीखेलमा सुरक्षित पारिवारिक वातावरणमा फरक ढंगले संगीत र स्वादको आनन्द लिन सकिने हिसाबले रेष्टुरेन्ट संचालनमा ल्याइएको अध्यक्ष मिश्रले बताए । नेपालको नमूना स्वरुपमा तयार गरिएको लाउञ्जमा लाईटिङ सिस्टम हाई टेक्नोलोजि काईनेटीक, आरजिवी स्टीप सहितका अत्याधुनिक तथा अहिलेसम्मकै नयाँ प्रविधि प्रयोग गरिएको छ । खेलप्रेमीहरुलाई समेत मध्यनजर गर्दै ३ वटा उच्च स्तरीय ठुलो पर्दाको एलईडि स्क्रीनको समेत व्यवस्था गरिएको छ । रेष्टुराँ सञ्चालनमा आइसके पनि औपचारिक उदघाटन भने केही दिनपछि गरिने मिश्रको भनाइ छ ।  
प्रकाशित मिति: बुधबार, पुस १४, २०७८  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update