हिमाल दैनिक
प्रधानमन्त्री शेर बहादुर देउवाको आजको आज कोभिड-१९ टेस्ट गरिदैछ । शनिबार सत्तारुढ गठबन्धनका केहि नेताहरुमा कोरोनाको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले आज परिक्षण गर्न लागेका हुन् । उनि हिजो देखि आइसोलेसनमा बसेका छन् । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायण काजी श्रेष्ठ लगायतका नेताहरु कोरोना पुष्टि भएको थियो । बिहीबार र शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा अध्यक्ष दाहालसंगै सहभागी भएका थिए । त्यस्तै हिजो मात्रै देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट पुगेका थिए । अहिले माओवादीका शिर्ष नेताहरुमा संक्रमण पुष्टि भएपछि अहिले सत्ता गठबन्धनका शिर्ष नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । त्यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि अहिले आइसोलेसनमा बसेका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्री कार्की पनि सहभागी भएका थिए । शनिबारदेखि नै भेटघाट बन्द गरे आइसोलेसनमा बसेका मन्त्रीले पनि आज परिक्षण गर्दै छन् । शनिबार माओवादीका अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटालगायतमा कोरोनाको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update