हिमाल दैनिक
बिद्यालयको हिउँदे बिदा थप गर्ने तयारी
pmo-office
कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट संक्रमण दर बढ्न थालेपछि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले यसको नियन्त्रण र रोकथामका बिषयमा छलफल तीव्र पारेको पारेको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा छिमेकी भारतलगायत देशहरूमा ओमिक्रोन भाइरसको संक्रमण दर बढ्दो रहेको र नेपालमा पनि संक्रमण दर बढिरहेकाले यसको नियन्त्रणका बिषयमा छलफल भएको हो । बैठकमा कोरोना संक्रमण फैलन सक्ने क्षेत्रलाई बन्द गर्ने बिषयमा पनि छलफल भएको बताइएको छ । कोरोना भाइरसको संक्रमण पनि बढ्दो क्रममा देखिएकाले बिद्यालयको हिउँदे बिदा थप गर्ने तयारी सीसीएमसीले गरेको छ । नेपालमा ओमिक्रोन संक्रमितको संख्या बढ्पछि यसको रोकथामको चूनौति बढेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update