हिमाल दैनिक
'केजीएफ चैप्टर-२' मा संजय दत्तले बडी डबलको साहारा नलिने
sanjay-dutt-adheera
बलिउड अभिनेता संजय दत्तले 'केजीएफ च्याप्टर-२ मा अधिराको रोलमा देखिदैछन् । केजीएफ फिल्मको दोश्रो पार्टमा भरपुर एक्सन सिन रहेको बताइएको छ । यस फिल्ममा सजंय दत्त आफैले एक्सन सिन गर्ने बताइएको छ । यस फिल्ममा उनले बडी डबलको साहारा नलिने बताइएको छ । संजयको यो फैसला पछि अहिले प्रोडक्सन टिमले सुरक्षा कारण बताउदै बडी डबल प्रयोग गर्न मनाउन कोशिस गर्दै छन् । तर, संजयले आफैले एक्सन सिन नगरे अधिरा पात्रको क्वालिटी नै खतम हुने बताएको भारतीय संचार मध्यमले जनाएको छ । यो फिल्म १४ अप्रिलमा सिनेमा घरमा रिलिज हुँदैछ ।
प्रकाशित मिति: बिहीबार, पुस २९, २०७८  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update