हिमाल दैनिक
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयले संचालन गर्दै आएका पूर्वनिर्धारित परीक्षाहरुमा भौतिक दूरी कायम भए/नभएको र परीक्षा कोठामा स्वास्थ्य मापदण्डको पालना भए नभएको अनुगमन गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले आज त्रिविका परीक्षा सञ्चालन भएका कलेजहरुमा अनुगमन गर्न र कोभिड–१९ का मापदण्ड पालना नभए केही हप्ता परीक्षा स्थगित गराउन निर्देशन समेत दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुख्यसचिव शंकरदास बैरागीमार्फत सबै जिल्ला प्रशासन कार्यालयलाई परीक्षामा कोभिड–१९का मापदण्ड पालना भए/नभएको अनुगमन गर्न देउवाले निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले परीक्षा हलमा कोभिड–१९ का मापदण्डको पालना नभएको पाइएमा केही हप्ता परीक्षा स्थगित समेत गर्ने गरी प्रक्रिया अघि बढाउन मुख्यसचिव बैरागीलाई निर्देशन दिएका थिए। विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको तेस्रो लहरले नेपालमा पछिल्लो समय अत्याधिक संख्यामा संक्रमण फैलिएर आम जनता त्रसिद बनिरहेको बेलामा पनि त्रिबिले पूर्व निर्धारित परिक्षा संचालन प्रक्रिया अघि बढाएकोमा कतिपय परिक्षा केन्द्रहरुमा स्वास्थ्य मापदण्डको पालना हुन सकेको छैन। जसको कारण कतिपय परिक्षा केन्द्रमा महामारीको संक्रमण फैलिने खतरा बढेको छ भने कतिपय स्थानमा विद्यार्थीहरुले विरोध समेत जनाइसकेको छन्।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८  १३:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update