हिमाल दैनिक
अध्यक्ष दाहाल पत्नीमा कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार
Sita-Dahal
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको पिसीआर परीक्षणमा उनमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । हाल उनको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा सकारात्मक सुधार भइरहेकोे छ । लामो समयदेखि पार्किन्सस रोगका कारण पीडित उनि कोरोना सङ्क्रमणपछि विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उनलाई थप केही दिन अस्पतालमा नै राखेर उपचार गरिने बताइएको छ । रासस
प्रकाशित मिति: आइतबार, माघ ९, २०७८  १२:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update