हिमाल दैनिक
गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु
newari 1

-राजाराम पौडेल

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा नेवारी भाषा प्रशिक्षण कार्यक्रम पोखरामा सुरु भएको छ । एक महिनासम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा १० वर्ष देखि ४७ वर्ष सम्मका ३० जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । पोखराको पृथ्वीचोकमा एक कार्यक्रमको आयोजना गरेर प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरियो । नेवा खल पृथ्वीचोकका अध्यक्ष केदार प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेवा खल कास्कीका अध्यक्ष अशोक पालिखे, गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, नेवा खल पृथ्वीचोकका निवर्तमान अध्यक्ष मिमलाल श्रेष्ठ, मिस पुच जिल्ला उपाध्यक्ष लक्ष्मी मुल्मीले प्रशिक्षण कार्यक्रमको बारेमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रमको सञ्चालन उत्सव मुल्मीले गरेका थिए । नेवारी भाषा प्रशिक्षण कार्यक्रमको प्रशिक्षकमा विक्रम उदास र मधुसुदन जोशी रहेका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापित जाती विस्तापित भाषा नाम दिएर यो प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । माग भएका ठाउँमा भाषा प्रशिक्षण कार्यक्रम गर्ने योजना प्रतिषठनले बनाएको छ । जस अनुसार तामाङ भाषाको प्रशिक्षण चैत्र ७ गतेबाट र दुरा भाषाको प्रशिक्षण चैत्र १० गतेबाट आयोजना गर्ने तय भइसकेको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । प्रतिष्ठानले साहित्यका सबै विधालाई महत्वका साथ स्थान दिँदै यिनको संरक्षण तथा प्रवद्र्धन गर्न निरन्तर कार्य गर्ने श्रेष्ठले बताए ।
प्रकाशित मिति: बुधबार, चैत २, २०७८  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update