हिमाल दैनिक
चर्चित कलाकार भुवनदेखि रविन्द्रसम्मले लिए कांग्रेसको सदस्यता
ROS-KTM--3714
आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज कांग्रेसमा प्रवेश गर्नुभएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उहाँहरुलाई आज पार्टी प्रवेश गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहनुभएका कलाकार नीर शाहलगायत सहभागी हुनुहुन्थ्यो । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २०, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update