हिमाल दैनिक
नेकपा एसको महासचिवमा घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठकले सचिवालय सदस्य घनश्याम भुसाललाई पार्टीको महासचिव बनाउने निर्णय गरेको छ ।

    पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले भुसाललाई महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । बैठकले हाल कायम रहनुभएको महासचिव डा बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको छ ।

    नेकपा (एमाले)मा उपमहासचिवको जिम्मेवारी पूरा गर्नुभएका भुसाल वाम आन्दोलनमा बौद्धिक नेताका रुपमा परिचित हुनुहुन्छ । रासस

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update