हिमाल दैनिक
उपराष्ट्रपति यादवबाट शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथग्रहण । राष्ट्रपति भवन शीतलनिवासमा आयोजना गरिएको विशेष कार्यक्रमबीच राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन् । तस्बिरः प्रदीपराज वन्त/रास

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष  यादवले   राष्ट्रपति भवन शीतल निवासमा आयोजित  विशेष समारोहमा  शपथ लिनुभएको हो । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो ।

    समारोहमा  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की,  पूर्वराष्ट्रपति डा रामवरण यादव, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर  पुन, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधव नेपाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलगायत सहभागी हुनुहुन्थ्यो ।

    यसैगरी समारोहमा उपप्रधानमन्त्री, मन्त्रिगण, सांसद, संवैधानिक निकायका प्रमुखहरू, सरकारका विशिष्ट श्रेणीका कर्मचारी, सुरक्षा निकायका प्रमुखहरू, नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेताहरू, सञ्चारकर्मीलगायतको उपस्थिति थियो । रासस

 

 

प्रकाशित मिति: सोमबार, चैत ६, २०७९  १२:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update