हिमाल दैनिक
उपप्रधानमन्त्री र पुनबीचको वार्ता सकारात्मक

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख एवं वैज्ञानिक महावीर पुन भेटवार्ता भएको छ । विभिन्न मागसहित आन्दोलनमा उत्रनुभएका पुन र मन्त्री खड्काबीच आज मन्त्रालयमा भेट भएको हो ।

    भेटमा पुनले राख्दै आउनुभएको माग सम्बोधनका विषयमा छलफल भएको थियो । वार्तापछि कुरा गर्दैै पुनले समस्या समाधानका भएको वार्ता सकारात्मक भएको भएको र समस्या समाधानका लागि टोली गठन गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो ।
    
    “माग सम्बोधनका विषयमा वार्ता सकारात्मक रह्यो”, पुनले भन्नुभयो, “उपप्रधानमन्त्रीले अब कसरी अघि बढ्ने भन्ने विषयमा सुझाव समेत माग्नुभएको छ ।”

    पुनले माग सम्बोधनका विषयमा छलपल गर्न आज बेलुका ५ बजेसम्म दुवै पक्षबाट वार्ता टोली गठन भोलिसम्ममा आन्दोलनका माग पूरा गर्ने विषयमा काम गर्ने विषयमा सहमति भएको बताउनुभयो । “वार्ताका क्रममा पनि प्रधानमन्त्रीले दुई पटक फोन गर्नुभयो, अहिलेसम्म वार्ता सकारात्मक भएको छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update