हिमाल दैनिक
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पाए विश्वासको मत

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन्।

मंगलबार लुम्विनी प्रदेशसभा बैठकमा चौधरीले विश्वासको मत लिँदा चौधरीको पक्षमा ५३ जनाले मत दिएका हुन्। त्यस्तै विपक्षमा हालै सत्ताच्यूत हुन पुगेको नेकपा एमालेका २९ जना प्रदेशसभा सदस्यले मत दिएका थिए।

बैठकमा लुम्विनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले विश्वासको पक्षमा परेको मत बहुमत भएकाले मुख्यमन्त्री चौधारीले विश्वासको मतका लागि पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरे।

नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री चौधरीको पक्षमा कांग्रेस, माओवादी लगाएतका दलहरु समर्थन गरेको थियो भने एमालेले बिपक्षमा मतदान गरेका थिए।
 
गत बैशाख ११ गते एमालेका लिला गिरी नेतृत्व सरकारले विश्वासको मत पाउन नसकेपछि १४ गते बहुमत सदस्यको हस्ताक्षरसहित चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update