हिमाल दैनिक
रास्वपालाई सरकारमा ल्याउनुपर्छः अध्यक्ष नेपाल
समाजवादी प्रेस सङ्गठनद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी९एकीकृत समाजवादी० का अध्यक्ष माधवकुमार नेपाल । तस्बिरः मीन ठकुरी/रासस

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउनुपर्ने बताउनुभएको छ ।

    आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रधानमन्त्रीलाई रास्वपालाई सरकारमा ल्याउँदा राम्रो हुने सुझाव दिएको बताउनुभयो ।

    “राष्ट्रिय स्वतन्त्र पार्टीलाई पहिले पनि सरकारमा ल्याउने विषयमा सहमति भइसकेको थियो, अब गठबन्धनमा छलफल गरी यसबारे टुङ्गो लगाइनेछ”, उहाँले भन्नुभयो ।

    रवि लामिछाने गृहमन्त्रालयकै जिम्मेवारीमा फर्के पनि राहदानी दुरुपयोग विषयमा भने प्रभाव पार्न नमिल्ने उहाँको भनाइ छ ।

    उहाँले विश्वमा देखिएको आर्थिक मन्दीको प्रभाव नेपालमा पनि देखिएकाले देशको अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताउनुभयो । सरकारले अनावश्यक खर्च कटौती गरी जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयमा काम गर्नुपर्ने बताउनुभयो ।

    अध्यक्ष नेपालले वर्तमान गठबन्धन लामो सयमसम्म टिक्ने दाबी गर्नुभयो ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update