हिमाल दैनिक
मन्त्री साउद राज्याभिषेक समारोहमा सहभागी

परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनुभएको छ ।

 वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी हुनुभएको  हो । उहाँ शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको  स्वागत समारोहमा पनि सहभागी हुनुभएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्नुभएको जनाइएको छ ।

NP with Rishi1683449668.jpg

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update