हिमाल दैनिक
गौरहत्या काण्डदेखि दरबार हत्याकाण्डको नयाँ ढंगले छानविन गर्नु पर्छः प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले विगतमा भएका विभत्स गौर हत्याकाण्डदेखि दरबार हत्याकाण्ड र मदन÷आश्रित हत्याकाण्ड समेत नयाँ ढंगले छानविन गर्नु पर्ने धारणा राखेका छन्।

संसदीय इतिहासमा सम्भवत पहिलो पटक सांसदहरुसँगको प्रत्यक्ष प्रश्नोत्तरको क्रममा पूर्व माओवादी नेता एवं सांसद प्रभु शाहले राखेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो धारणा राखेका हुन्।

शाहले गौर हत्याकाण्डको विषयमा छानविन गरी दोषीमाथि के कस्तो कारबाही हुन्छ भनि गरेको प्रश्नको जवाफ दिने क्रममा दाहालले विगतमा भएका गौरहत्या काण्डमात्र होइन, आफूले विगतमा भएका यी र यस्तै विभत्स दरबार हत्याकाण्ड र मदन भण्डारी÷जीवराज आश्रित हत्याकाण्ड पनि नयाँ ढंगले छानविन गरी दोषीमाथि कानूनी कारबाही गर्न आफूले चाहेको बताए।

 

प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update