हिमाल दैनिक
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०÷८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update