हिमाल दैनिक
आगामी वर्षदेखि बजेटको नीति तथा प्राथमिकताको सिद्धान्तमाथि फागुनबाटै छलफल गरिने

आगामी आर्थिक वर्षदेखि बजेटको यथार्थपरक सीमासँगै विनियोजित बजेटको प्रभावकारी कार्यान्वयनका लागि सरकारले प्रत्येक वर्षको फागुन महिनामै संघीय संसदको बैठकमा बजेटका नीति तथा प्राथमिकताको सिद्धान्तमाथि छलफल गरिने भएको छ।

सरकारको वार्षिक बजेट पेश गर्ने क्रममा अर्थमन्त्री प्रकाशशरण महतले सोमबारको संयुक्त बैठकमा यस्तो घोषणा गरेका हुन्।

उनले यसरी जेठ १५ गते बेजेट पेश गर्नु तीन महिना अघि नै संघीय संसदमा नीति तथा प्राथमिकताको सिद्धान्तमाथि सांसदहरुले विस्तृत छलफल र सुझावका आधारमा नयाँ आर्थिक वर्षको वार्षिक बजेट तय गरिने तथा त्यसको कार्यान्वयनको प्रक्रिया असारदेखि नै सुरु गर्ने बताए।

उनले विगतको आलोचनात्मक अभ्यासमा सुधार गर्ने प्रस्ताव राखेपछि सत्तापक्षका सांसदहरुले पहिलो पटक ताली ठोकेर स्वागत गरे।

यसैगरी उलने बजेटको यथार्थपरक आधारमा योजनाको छनौट तथा त्यसको कार्यान्वयनमा जोेड दिने बताएका छन्।

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update