हिमाल दैनिक
प्रम दाहालसहितको टोली मध्यप्रदेशको इन्दोर पुग्यो
Photo by: Dipak Joshi

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार मध्यप्रदेशको इन्दोर भ्रमणमा पुगेका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारतको चारदिने भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार नयाँ दिल्ली पुगका दाहालले बिहिबार भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक भेटवार्ता र सहमति गरेलगत्तै शुक्रबार बिहान प्रतिनिधिमण्डललाई लिएर मध्यप्रदेशको इन्दोर पुगेका छन्।

परराष्ट्र मन्त्री एनपी साउदका स्वकिय सचिव तथा भ्रमण दलमा सहभागी दिपक जोशीका अनुसार, प्रधानमन्त्री दाहालसहितको नेपाली प्रतिनिधिमण्डलका सदस्यहरुलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले इन्दोर विमानस्थलमा स्वागत गरेका छन्।

मध्यप्रदेशको इन्दोर पुगेलगत्तै केही समय उनी केही समय होटल मेरियटमा बस्ने छन्।

दिउँसो चार बजे मध्यप्रदेशका राज्यपाल मंगुभाइ पटेलसँग उनको भेटघाटको कार्यक्रम रहेको छ।

मध्यप्रदेशको भ्रमणका क्रममा नेपाली प्रतिनिधिमण्डलले इन्दोरस्थित फोहोर व्यवस्थापन प्लान्टको अध्ययन भ्रमण गर्ने कार्यक्रम रहेको छ। भारतीय शहरहरुमा इन्दोरको फोहोर व्यवस्थापन प्लान्ट  नमूनायोग्य मानिन्छ। जसको कारण इन्दोर भारतको सबैभन्दा सफा र फोहोर व्यवस्थापनमा उत्कृष्ट शहरको रुपमा परिचित छ।

आजै साँझ प्रधानमन्त्री दाहालसहितको टोलीको स्वागतमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गरेका छन् जसमा दाहालले मुख्यमन्त्रीसहित भारतीय जनता पार्टीका नेता तथा अन्य प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने बताइएको छ।

प्रधानमन्त्री दाहाले जेठ २० गते शनिबार इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण सकेर अपरान्ह नयाँदिल्ली हुँदै साँझ स्वदेश फर्किने कार्यक्रम रहेको छ।

PM Dahal at Madhyapradesh1685689282.jpg

CM Chauhan welcomed Saud1685689277.jpg

FM Saud received by CM Chauhan1685689277.jpg

Photo by Dipak Joshi

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update