हिमाल दैनिक
कोशीका मुख्यमन्त्री थापाद्वारा शपथ
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग शुक्रबार प्रदेश प्रमुखको कार्यालय विराटनगरमा पछि कार्य विभाजन गर्ने गरी नवनियुक्त प्रदेशमन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई पद तथा गोपनीयताको शपथग्रण हुँदै । तस्बिर/मनोज दाहाल/रासस

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज एक समारोहका बीच पद तथा गोपनियताको शपथ लिनुभएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

यसैगरी, नेपालको संविधानको धारा १६८ को उपधारा ९९०  बमोजिम नवनियुक्त मन्त्रीद्वय कमलप्रसाद जवेगु र प्रदीपकुमार सुनुवारलाई प्रदेश प्रमुख खापुङले सोही समारोहमा पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नवनियुक्त मन्त्रीद्वयको कार्य विभाजन भने पछि तय हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update