हिमाल दैनिक
कोशी प्रदेश सरकारमा तीन मन्त्रीद्वारा शपथ
file photo

कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आज तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
    
    प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालय विराटनगरमा मन्त्रीहरु जीवन आचार्य, राजेन्द्र कार्की र रामकुमार खत्रीलाई शपथ गराउनुभएको हो । मन्त्री आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ भने कार्की र खत्रीको जिम्मेवारी भने पछि तोकिनेछ । यसअघि गत शुक्रबार मन्त्री बन्नुभएका कमलप्रसाद जबेगु र प्रदीपकुमारको जिम्मेवारी पनि पछि तोकिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update