हिमाल दैनिक
नीजि विद्यालय संचालकद्वारा प्रस्तावित शिक्षा ऐन संशोधन प्रस्तावविरुद्ध विरोध प्रदर्शन

शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने गरि सरकारले शिक्षा सम्बन्धी ऐन संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै निजी तथा आवासीय विद्यालय संगठनहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्।

विद्यालय क्षेत्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० ले निजी लगानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने भन्दै प्याब्सन, नेसनल प्याव्सन र हिसान लगायतका संस्थाका प्रतिनिधिहरुले बिहीबार संयुक्त रुपमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरे।

प्रदर्शनमा सहभागीहरुले शिक्षामा समान अवसर, अवसरमा समान पहुच, विधेयक कसले र कसका लागि बनायौं?, विभेदको अन्त्यका लागि शिक्षा हो भने शिक्षामा विभेद किन गछौं लगाएतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

प्रस्तावित विधेयकले कम्पनी मार्फत सञ्चालित नीजि तथा आवासिय विद्यालयहरूलाई ५ वर्षभित्र गुठीमा रूपान्तरण र दायित्व फरफारकको विषयलाई समावेश गरेको यसले निजी लगानीको शिक्षा क्षेत्र धरासयी हुने भएकाले विरोध गर्नुपरेको प्याव्सनका अध्यक्ष डीके ढुंगानाले बताए।

विगतमा सरकारले तय गरेकै शिक्षा ऐनको व्यवस्था बमोजिम कतिपय विद्यालयहरु गुठीमा परिणत भएपनि त्यसपछिका दिनमा त्यी गुठीमार्फत संचालित विद्यालयहरुले नै दुख पाएको अवस्थामा ऐनकै प्रावधान बमोजिम कम्पनीका रुपमा संचालित नीजि तथा आवासिय विद्यालयलाई गुठीमा रूपान्तरण गर्ने निर्णय गलत भएको उनको दाबी छ।

शिक्षा सम्बन्धी विधेयकप्रति विरोध जनाउदै उनीहरुले चरणबद्ध आन्दोलन नै घोषणा गरेका छन्, जसअनुसार असार २६ गते अन्तरक्रिया गर्ने, २७ गते समिक्षा गर्ने र २८ गते देशैभर अनिश्चितकालिन विद्यालय बन्द गर्ने उनीहरुले जनाएका छन्। 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update