हिमाल दैनिक
सत्ता साझेदर शीर्ष बैठकः संसद्को गतिरोध हटाउन संवाद तीव्रता दिइने
file photo

सत्तारूढ दलहरूबीच प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलले गरिरहेको अवरोध खुलाउने विषयमा छलफल भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा शीर्ष नेताहरूले संसद्को गतिरोध खुलाउने विभिन्न विकल्पमा छलफल गर्नुभएको हो ।

    बैठकले संसद्को गतिरोध खुलाउन प्रमुख प्रतिपक्षी दललगायत संसद्मा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई तीव्रता दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरू सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update