Tihar Banner
Tihar Banner
हिमाल दैनिक
कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुग्नेगरी काम गर्न साल्ट ट्रेडिङलाई मन्त्री रिजालको सुझाव
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ६१औँ वार्षिकोत्सवको अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल । तस्बिरः किरणराज विष्ट/रासस

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुराउने गरि काम गर्न साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडलाई सुझाव दिएका छन्।

साल्ट टे«डिङ्ग कर्पोरेशन लिमिटेडको ६१औं वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री रिजालले दैनिक उपभोग्य बस्तुसंगै कृषि क्षेत्रमा प्रत्यक्ष योगदान पुराउने गरि काम गर्न सके संस्थाको महत्व थप बढ्ने बताए।

साल्ट टे«डिङ्गले जनतालाई सुपथ मूल्यमा उपभोग्य बस्तु उपलव्ध गराउन गरेको कार्य प्रसंसायोग्य रहेको भन्दै रिजालले यसलाई थप व्यापक बनाउनुपर्ने धारणा राखे।

दैनिक उपभोग्य बस्तुमा हुने गरको कृतिम मूल्यबृद्धिलाई नियन्त्रणका लागि सरकारले नियमित बजार अनुगमन गर्नुको अलावा आफु अन्तर्गतका संस्थानहरुमार्फत बजार भाउ नियन्त्रणमा भूमिका खेल्दै आएको दाबी उनले गरे।

मन्त्री रिजालले आन्तरिक उत्पादनले मात्रै माग पुरा नहुने उपभोग्य बस्तुहरु सहज रुपमा आयात गरि उपभोक्ता हित संरक्षणमा टेवा पुराउन साल्ट टे«डिङ्ग कर्पोरेशनले सरकारलाई पुराउने योगदान अतुलनिय रहेको उल्लेख गरे।

 

Wednesday, Sep 13