हिमाल दैनिक
नेपालीलाई स्वदेश ल्याउन इजरायलको तेल अभिभमा पुग्यो नेपाली जहाज
Photo: Keshab Sawad

इजरायलमा गाजा क्षेत्रबाट आतकंककारी समूह हमासको आतकंकारी आक्रमण पश्चात अलपत्र परेका नेपालीलाई स्वदेश फिर्ता गर्न नेपाली ध्वजाबहाक विमान लिएर इजरायल उडेको नेपाल  एयरलाइन्सको विमान इजरायलको तेल अभिभ विमानस्थलमा अवतरण गरेको छ।

परराष्ट्र मन्त्री एनपी साउदको सचिवालय सहयोगीका अनुसार, बिहान काठमाडौंबाट उडेको नेपाल एयरलाइन्सकोे विमान बिहान ११ः१० बजे तेल अभिभमा अवतरण गरेको छ।

सचिवालयका अनुसार, करिब २ घण्टाको अवधिमा नेपाल फर्किन चाहने इजरायलस्थित करिब २५० जना नेपाली विद्यार्थी र नेपाली नागरिकहरुलाई लिएर आजै राती ९ बजे विमान काठमाडौं आइपुग्ने छ।

विमान तेलअभिभमा अवतरण गरेलगत्तै नेपाल फर्किन चाहने नेपालीहरुको विमानस्थलमा भिड लागेको छ।

387337070_648110463830790_7127672058715483666_n1697100127.jpg

नेपाली नागरिक लिन त्यहाँ पुगेका परराष्ट्रमन्त्री एनपी साउदसंग भेट्न इजरायली विदेश मन्त्रालयका उच्च तहका अधिकारी र नेपाली राजदूत कान्ता रिजाल्लगायतको टोली विमानस्थलमा पुगेका छन्।

परराष्ट्रमन्त्री एनपी साउद कूटनीतिक समन्वयका लागि नेपाल एयरलाइन्सको विमानमा आज बिहान त्यसतर्फ प्रस्थान गरेका थिए।

(Photo: Keshab Sawad

387561979_1332536054136749_740368678591571533_n1697100206.jpg

387328313_1309982553219344_1795548073846091631_n1697100206.jpg

प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १४:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update