नेकपा (एकीकृत समाजवादी)को ६९औँ केन्द्रीय सचिवालय बैठक यहाँ सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय शान्तिनगरमा सुरु भएको आजको सो बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशनको तयारी, अन्तरपार्टी निर्देशन ९अपानी० ११ र राष्ट्रियसभाको निर्वाचनलगायतका विषयमा छलफल हुने सो पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद्र पाण्डेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आज हाम्रो ६९औँ केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । पार्टीले आगामी माघ महिनामा महाअधिवेशन आयोजना गर्ने तय गरेको भए पनि सो समयमा राष्ट्रियसभाको निर्वाचन हुने भएकाले महाधिवेशन कहिले गर्ने भन्ने विषयमा पनि छलफल हुनेछ ।”
Monday, Dec 04
साताको लोकप्रीय