हिमाल दैनिक
राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको प्रतिनिधित्व हुने गरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने निर्णय गरेको  हो।

सहजीकरण समिति गठनको निर्णय मन्त्रिपरिषद बैठकले गरेको जानकारी सरकारका प्रवक्ता रेखा शर्माले दिइन्।

त्यसैगरी मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको रिक्त सदस्य पदमा उमाशंकर प्रसादलाई नियुक्त गर्ने निर्णय गरेको छ भने नेपाल वायुसेवा निगमको रिक्त उपाध्यक्ष पदमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

संचारमन्त्री शर्माका अनुसार, बैठकले सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ।

त्यस्तै आजको बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको सदस्य पदमा लेखनाथ लामा र डा साहारा श्रेष्ठलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ।

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update