हिमाल दैनिक
शेखरलाई कार्यकर्ताको प्रश्नः हाम्रै साथी काट्दा रगत लत्पतिएका हातसँग हामीले कसरी हात मिलाउँने?

समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासै गुनासाका पोका थुपारेका छन्।

सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांश व्यक्तिहरुले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने चेतावनी दिए।

‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने,’ अन्तरक्रियामा सहभागी एक सदस्यले आक्रोशित मुद्रामा प्रश्न गरिन्।

सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु राखेका थिए।

भ्रष्ट्राचारी, माफियासँग टाढै बस्न समेत उनिहरुले नेताहरुलाई सुझाव दिए।

सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टीभित्र छलफल हुने र अबका कुनैपनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे।

A woman asked Shekhar1707121926.jpg

 

प्रकाशित मिति: सोमबार, माघ २२, २०८०  १४:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update