हिमाल दैनिक
प्रतिनिधिसभामा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची
file photo

प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा सांसदहरुले सोध्नुभएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिने कार्यसूची रहेको छ ।

    राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    आजै राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘राष्ट्रियसभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ प्रतिनिधिसभामा पेस गर्नुहुनेछ ।

    प्रतिनिधिसभा सदस्य प्रेम सुवालले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश, २०८० लाई अस्वीकार गरियोस् भनी राख्नुभएको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

    त्यस्तै अर्थमन्त्री डा प्रकाशशरण महतले ‘बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस्’ भनी प्रस्ताव पेस गर्नुहुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update