हिमाल दैनिक
प्रधानमन्त्रीद्वारा  कांग्रेस सभापति र एमाले अध्यक्ष ओलीसँग छलफल

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु¥याउन  प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग  आज छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकका सन्दर्भमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओली र सभापति देउवासँग छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो ।

    प्रतिनिधिसभाको कानुन, न्याय तथमा मानवअधिकार समितिमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक विचाराधीन छ । सोही विधेयकमाथि छलफल गर्न आज समितिको बैठक बस्दैछ ।

 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update