हिमाल दैनिक
संसदमा प्रधानमन्त्री दाहालसँग सांसदहरुको प्रश्नोत्तर आज

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारका कामकारबाहीदेखि विवादस्पद मन्त्रीहरुको विषयमा प्रतिनिधि सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने तयारी गरिरहेका छन्।

संसदीय नियमावलीमा रहेको व्यवस्था बमोजिम प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभाका करिब १५ जना सदस्यहरुले लिखित रुपमा पठाएका पत्रहरुमा उल्लेखित प्रश्नहरुको तयारीका साथ जवाफ दिने क्रम सुरु भएसँगै दाहालले चौथो पटक सदनमा सांसदहरुको प्रश्नको जवाफ दिँदैछन्।

पछिल्लो समयमा पुरानो सत्तासाझेदार दल नेपाली कांग्रेससँगको गठबन्धन तोड्दै एमाले लगायतका दलसँग नयाँ गठबन्धन गर्न पुगेका दाहालले सदनमा कांग्रेसले पछिल्लो समय उठाउँदै आएका प्रश्नहरुको समेत जवाफ दिने सम्भावना रहेको छ।

विशेषगरी सहकारी ठगी प्रकरणमा संलग्न भएको आरोप लागेर पनि सरकारको उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्न पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको विषयमा कांग्रेसले निरन्तर सदनमा प्रश्न उठाउँदै आएको छ।

लामिछानेको विवादित संलग्नताको विषयमा पनि प्रधानमन्त्री दाहालको जवाफ खोजिरहेको कांग्रेसका सांसदहरुलाई आज दाहालले जवाफ दिने लगभग पक्का छ। जसमा उनले लामिछानेको बचाउ गर्न सक्ने छनक यसअघि दाहालले सोमबार सााझ दिएको एक अन्तरवार्ताबाटै दिएका छन्।

प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update