हिमाल दैनिक
अर्थमन्त्री पुनद्वारा १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत, विकासका लागि ३.५ अर्ब मात्रै!

सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको अनुमानित आय÷व्यय विवरण सार्वजनिक गरेको छ।

संघीय संसदको संयुक्त बैठकमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले सरकारको वार्षिक बजेट प्रस्तुत गर्दै १८ खर्ब ६० अर्ब ३० करोडको अनुमानित बजेट प्रस्तुत गरेका हुन्।

चाल आर्थिक वर्षको तुलनामा ६.२ प्रतिशतले बढाइएको सरकारी बजेटमा संशोधित बजेट भन्दा २१.५६ प्रतिशतले ज्यादा भएको बताए।

गत वर्षको संसदमा तत्कालिन सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो।

यसरी आज सार्वजनिक गरिएको बजेटमध्ये ११ खर्ब ४० अर्ब ६६ करोड चालु खर्चतर्फ विनियोजन गरिएको छ। जुन कुल विनियोजनको ६१.३१ प्रतिशत रहेको छ भने पूँजीगत खर्चतर्फ जम्मा ३ खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ अर्थात कुल बजेटको १८.९४ प्रतिशत मात्रै रहेको छ।

यसैगरी अर्थमन्त्री पुनले ३ खर्ब ६७ अर्ब १८ करोड अर्थात कुल बजेटको १९.७४ प्रतिशत वित्तिय व्यवस्थापन तर्फ विनियोजन गरेको बताएका छन्।

यसरी पेश गरिएको अनुमानित बजेटको स्रोत व्यवस्थापनमा १२ खर्ब ६० अर्ब ३० करोड राजस्वबाट र वैदेशीक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ व्यहोर्दा ५ खर्ब ४७ अर्ब ६७ करोड न्यून हुने उल्लेख गर्दै वैदेशिक ऋणबाट २ खर्ब १७ अर्ब ६७ करोड जुटाउने दाबी गरेका छन्।

यसका बाबजूद पनि कुल बजेटका लागि अपुग हुने खुद ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट व्यहोरिने मन्त्री पुनले बताए।

 

Tuesday, May 28