हिमाल दैनिक
मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री दाहाल पुगे दिल्ली

प्रधानमन्त्री पुष्पकमल दाहाल भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भारत प्रस्थान गरेका छन्।

प्रधानमन्त्री दाहाल पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका हुन्।

भारतमा हालै ७ चरणमा सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएसँगै सत्तारुढ भारतीय जनता पार्टीको नेतृत्वमा रहेको एनडिए गठबन्धनले सरकार गठनका लागि आवश्यक संख्याभन्दा २१ सिट बढी संख्यामा अर्थात २९३ स्थानमा जित हाँसिल गर्दै मोदी तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पूर्व प्रधानमन्त्री जवहारलाल नेहरुपछि दोस्रो व्यक्ति बनेका छन्।

गत निर्वाचनपूर्व नै मोदीले ‘अगली वार ४०० पार’, ‘मोदी है तो मुम्किन है’, हरेक विषयमा ‘मोदी ज्ञारेन्टी’को नारा दिँदै चुनावमा होमिएपनि भारतीय राष्ट्रिय कांग्रेस नेता राहुल गान्धीको नेतृत्वमा आक्रामक शैलीमा चुनावमा होमिएको इण्डिया गठबन्धनले २३४ स्थानमा जित हाँसिल गरेको थियो।

उक्त चुनावमा भारतीय जनता पार्टीले सन २०१४ र ०१९ को भन्दा कम स्थानमा जित हाँसिल गरेपछि मोदीको महत्वाकांक्षापूर्ण राजनीतिक यात्रामा केही हदसम्म ब्रेक लाग्न पुगेका छ। मोदीले तेस्रो कार्यकालका लागि नेतृत्व लिन चन्द्रबाबु नायडूको टिडिपी र बिहारका मुख्यमन्त्री नितेशकुमारको जेडियूको वैशाखीमा भर पर्नु परेको छ।   

निर्वाचन पश्चात गठबन्धनले मोदीको नाम नयाँ प्रधानमन्त्री पदका लागि प्रस्ताव गरेसँगै मोदीले प्रधानमन्त्री दाहाललाई सपथ ग्रहण समारोहमा आमन्त्रण गरेका थिए।

प्रधानमन्त्री दाहाललाई त्रिभुवन विमानस्थलको अति विशिष्ठ कक्षमा प्रतिनिधिसभा सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्रीद्वय रघुविर महासेठ र नारायणकाजी श्रेष्ठ लगाएतले विदाई गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मान गारथ सलामी अर्पण गरेको थियो।

प्रधानमन्त्री दाहालको साथमा उनकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी भारत प्रस्थान गरेका छन्।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो। यसअघि प्रधानमन्त्री दाहालले गत वर्ष जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए।

 

प्रकाशित मिति: आइतबार, जेठ २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update