हिमाल दैनिक
राष्ट्रपतिको पदमा रहँदा पनि पार्टी सदस्यता नछाडेको पूर्वराष्ट्रपति भण्डारीको असंवैधानिक दाबी

पूवंराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता नविकरणको विषयमा पार्टीले लगाएको रोकप्रति आपत्ति प्रकट गर्दै पत्रकार सम्मेलन गरेकी छन्।

नेकपा एमालेको सचिवालय बैठकबाट क्रमशः पोलिव्युरो र केन्द्रीय कार्यसमितिको बैठकमार्फत पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नविकरण गर्न नमिल्ने र सदस्यता नै नरहेको निर्णय सार्वजनिक भएपछि शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेकी हुन्।

मदन भण्डारीको फोटोमा हसिया हतौडा र सूर्य चिन्ह अंकित व्यानर पृष्ठभूमिमा राख्दै उनले आफू राष्ट्रपतिको कार्यकाल सकिएपछि पुनः समाजसेवा र पार्टी राजनीतिमा सक्रियता हुने उद्देश्यले नै गत वर्ष सदस्यता नविकरण गरेको र आफ्नो पार्टी सदस्यतामार्फत दलमा आवद्धता हुने संविधानको मौलिक हक भएको दाबी गर्दै पार्टी निर्णयको कुनै औचित्य नभएको दाबी गरिन्।

उनले नेपालको संविधान, ऐन, कानुन र पार्टी विधान बमोजिम आफू पार्टीमा संलग्न हुन पाउने स्वतन्त्र अधिकारको संकुचन गर्ने निर्णयले पार्टीलाई नै नोक्सान पुर्याउने भन्दै आवेग र उत्तेजनामा गरिने छलकपटपूर्ण निर्णय अपरिपक्व भएको दाबी पनि गरिन्।

आफू राष्ट्रपति हुँदा पार्टी सदस्य भएको ३५ वर्ष भएको अहिले ४५ वर्ष भइसकेको भन्दै राष्ट्रपति पदमा रहँदा पनि आफू पार्टीकै सदस्यका रुपमा रहेको अभिव्यक्ति दिएकी छन्।

जुन नेपालकोे संविधानकाे धारा ६२ काे उपधारा ६ र विद्यमान कानूनसँगै लोकतान्त्रिक शासन पद्धतीको विपरित रहेको छ। 

आफू पार्टी राजनीतिमा सक्रिय हुने प्रतिबद्धता व्यक्त गर्दै आफ्ना समर्थकहरुलाई पार्टी निर्माणको प्रक्रियामा सक्रिय र अविचलित हुँदै लागिरहन पनि आग्रह गरिन्।

राष्ट्रपति पदबाट मुक्त हुनुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सधै नजिकको सम्बन्ध र विश्वासका आधारमा काम गर्दैआएकी भण्डारी पछिल्लो समय पार्टीभित्र ओलीको विकल्पका रुपमा प्रस्तुत भएपछि अध्यक्ष ओली र उनको पक्षले भण्डारीको सदस्यता नविकरण हुन नसक्ने निर्णयमा पुगेको हो।

आफूले सफलतापूर्वक राष्ट्रपतिको कार्यकाल समाप्त गरेपछि बाँकी जीवन समाज सेवामा लगाउनकै लागि पार्टीमा सक्रियता हुन चाहेको जानकारी दिँदै पार्टीले आवेश र उत्तेजना वा हुलहुज्जतका भरमा निर्णय गर्न नमिल्ने दाबी गरिन्।

आफूले ३५ वर्षको सदस्यतालाई पार्टी निर्णयकै आधारमा राष्ट्रपतिको जिम्मेवारी लिन गएको हो, पार्टी स्वेच्छाले त्यागेर नगएको भन्दै पुनः पार्टीमा फर्किन पाउने आफ्नो मौलिक हक भएको दाबी गरिन्।

उनले राष्ट्रपतिको जिम्मेवारीमा रहँदा पार्टी सदस्यता संविधानले स्वत रिक्त राखेपनि त्यसलाई अस्विकार गर्दै आफ्नो सदस्यताको जीवनकाल ४५ वर्ष पुगेको दाबी गर्दै कसैले कुनै कुरा लाग्यो भन्दैमा पार्टीबाट अलग गर्न नसक्ने दाबी पनि गरिन्।

याे पनि हेर्नुहाेस्ः

लोकतान्त्रिक गणतन्त्रको चीर हरण गर्न उद्धेलित हुँदै पूर्वराष्ट्रपति विद्या!

 

प्रकाशित मिति: शुक्रबार, साउन १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update