हिमाल दैनिक
उपसभामुख रानाको प्रतिरक्षामा उत्रिए माओवादी अध्यक्ष दाहाल
file photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाका उपसभामुखलाई हटाउने कार्यको विरोध गर्ने बताएका छन्।

मंगलबार पार्टी कार्यालय पेरिसडाडाँमा सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले उपसभामुखलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ति गर्न लागेको भन्दै माओवादीले विरोध गर्ने बताए।

उपसभामुख इन्दिरा रानाले उपसभामुखको आधिकारिक लेटरप्याडमा असंबन्धित व्यक्तिहरुलाई भिसा प्रक्रियामा सहजीकरण गरिदिन भन्दै साढे दुई वर्षअघि लेखेको पत्रलाई पदीय आचरण विपरितको कार्य भन्दै आएका कांग्रेस र एमालेले हटाउने प्रक्रिया सुरु गरेलगत्तै उनको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले कुनै प्रतिक्रिया दिनुअघि नै माओवादी अध्यक्ष दाहालले प्रतिक्रिया दिँदै रानाको प्रतिरक्षामा उभिएका हुन्।

उनले वर्तमान सरकार गठन भएदेखि नै गल्ति बाहेक राम्रो कुनै काम गर्न नसकेको आरोप पनि लगाए।

दाहालले सामाजिक सेवामा सक्रिय आदिवासी जनजाती महिलालाई अनाहकमा हटाउने कोशिस गलत रहेको जिकिर गरिन्।

दाहालले उपसभामुख इन्दिरा रानामाथि यसअघि लगाइएको आरोप समेत कपोकल्पीत रहेको दाबी समेत गरे। दाहालले यसअघि सहकारी ठगी प्रकरणको आरोपमा विवादमा तानिएका रास्वपा सभापति रवि लामिछानेको बचाउमा संसदबाट उनीविरुद्ध कुनै आरोप कहि कतै नलागेको प्रतिक्रिया दिएका थिए।

 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update