हिमाल दैनिक
जारी भएको १० वर्षमै अर्धमूर्छित बन्न पुगेको संविधान दिवस आज यसरी मनाइयो

दोस्रो संविधान सभाबाट नेपालको संविधान जारी भएको आज १० वर्ष पूरा भएको छ। 

सार्वभौमसत्ता जनतामा निहित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जनताका प्रतिनिधिमार्फत २०७२ असोज ३ गते नविन सोच, आशा र भरोसाकासाथ भएपनि पनि देशभित्र र बाहिरबाट विभिन्न आरोह, अवरोह पार गर्दै आएको उक्त संविधान पछिल्लो समयमा अर्धमूर्छित अवस्थामा पुगेपनि मुलुकले आज हरेक वर्ष जस्तै असोज ३ गतेलाई औपचारिक रुपमा राष्ट्रिय दिवसको रुपमा मनायो।

विशेषगरी भदौ २३ गतेको नवयुवाहरुले गरेको सडक प्रदर्शनमा भड्किएको हिंसा र त्यसबाट उत्पन्न आक्रोसले २४ गते मुलुकलाई नै कहालीलाग्दो ध्वंस र विनासको स्थितिमा पुर्याइदिएको थियो।

त्यसका बाबजूद पनि संविधानका कैंयन विषयवस्तुमाथि अतिक्रमण र उलंघन हुँदाहुँदै पनि संविधान जिवितै रहेको छ।

संविधान दिवसको अवसरमा संविधान दिवस मूल समारोह समितिले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायधीश, सभामुख, राष्ट्रियसभालगाएत सहभागी भए।

समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी लगाएतले मार्चपास गरेका थिए भने चरमअशान्तिलाई भर्खरै विदा गरेको अवस्थामा शान्तिका प्रतीक परेवासमेत उडाइएको थियो। 

अहिलेको विशेष परिस्थितिका कारण दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन गरिएको थियो।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए।

 

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update