हिमाल दैनिक
राजनीतिक दबाब र प्रभावमा रोकिएका फाइल अब खोलिन्छः गृहमन्त्री अर्याल

अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले राजनीतिक दबाबमा बन्द गरिएका अनुसन्धानका सबै फाइल खोल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को निरिक्षणपछि सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री अर्यालले यसअघि राजनीतिक दबाबका कारण अनुसन्धानमा भएका अवरोधलाई हटाउदै सबै फाइल खोल्ने बताए।

उनले अपराध अनुसन्धानमा अब ब्रेक थ्रु हुने जिकिर गरे।

सुशासन दिन नसकेका कारण यसअघिको सरकार र जनप्रतिनिधिहरुको म्यान्डेड बिचैमा भंग भएकाले अव सुशासन वर्तमान सरकारको पहिले सर्त भएको उनले बताए।

शान्ति सुरक्षा नभए ६ महिनाभित्र निर्वाचन गर्न नसकिने भएकाले सुशासन कायम गर्नैपर्ने उनको भनाइ छ। 

गृहमन्त्री अर्यालले आफ्नो व्यवसायीकता प्रदर्शन गरेर प्रभावकारी रुपमा अनुसन्धानको कामलाई अघि बढाउन निर्देशन दिएको जानकारी दिए।

 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update