राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन्।
मन्त्रिपरिषदको पछिल्लो निर्णय अनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले फागुन १ गते शुक्रबार राती १२ बजेदेखि लागू हुने गरि राष्ट्रिय सभाको अधिवेशन अन्त्य हुने सूचना सार्वजनिक गरिएको हो।
संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को फागुन २६ गतेको सिफारिसमा अधिवेशन अन्त्य गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य जारी विज्ञप्तीमा उल्लेख गरेका हुन्।
प्रतिनिधि सभा निर्वाचन नजिकिदै गएको र अन्य कुनै महत्वपूर्ण बिजनेश नभएका कारण सरकारले राष्ट्रिय सभाको अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।
चालू अधिवेशनबाट पर्यटन विधेयक र चलचित्र विधेयक पारित भएको छ भने सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता भएको छ।



