हिमाल दैनिक
भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण
1601869061.tamannaah-bhatia-1587567135
काठमाडौं। भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ। कोभिड–१९ पोजिटिभ देखिएपछि उनलाई हैदरावादको एक निजी अस्पतालमा भर्ना गरिएको छ। हैदरावादमा आफ्नो आगामी परियोजनाको सुटिङका बेला उनीमा कोरोनाको लक्षण देखिएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार तमन्ना आगामी वेब सिरिजको सुटिङका लागि हैदरावादमा थिइन्। उनका प्रशंसक तथा शुभचिन्तकहरुले सामाजिक सञ्जालमार्फत् शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। अगष्टमा तमन्नाका आमाबुबालाई कोरोना भाइरसको संक्रमण देखिएको थियो। तर, सो समयमा तमन्नासहित अन्य सदस्य तथा कर्मचारीहरूको नतिजा नेगेटिभ आएको थियो। तर, सुटिङका क्रममा भने उनको कोभिड–१९ परीक्षण रिपोर्ट पोजिटिभ आएको हो।
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update