हिमाल दैनिक
कंगनासँगै मधु शाहले पनि ‘थलाइवी’ मा हस्ताक्षर गरिन्
kangana
कंगना रनौट आउने फिल्म ‘थलाइवी’ को कारण हाल चर्चामा छिन् । यो फिल्ममा कंगना तमिलनाडुका पुर्व सीएम जयललिताको भुमिकामा देखिनेछिन् । ९० दशककी प्रख्यात अभिनेत्री मधु शाहले पनि यस फिल्ममा हस्ताक्षर गरेकी छिन् । पछिल्लो समाचार अनुसार थलाइवीमा मधु शाह तमिलनाडुको पुर्व सीएम एमजिआर को पत्नीको रोलमा देखिनेछिन् । एमजिआर र जानकी अम्माको जयललिताको जिन्दगीमा गहिरो असर परेको थियो । मधु शाह जानकी अम्मा बन्न पाएकोमा धेरै उत्साहित भएकी छिन् । उनले यस भुमिकाको लागि धेरै मेहेनत गर्ने पनि बताएकी छिन् । मधुले एमजिआरको पत्नीको आफ्नो भुमिकाको लागि पुराना भिडियो हेर्ने, हिड्ने बोल्ने स्टाइल देखि सबैकुरा फलो गर्न थालिसकेकी छिन् । मधु शाहलाई फिल्म फुल और कान्टेले हिन्दी फिल्ममा अभिनयको यात्रा अगाडी बढाएको थियो । अब उनी जयललिताको बायोपिक थलाइवीको अलावा वेब सीरीजमा पनि देखिने भएकी छिन् ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update