हिमाल दैनिक
सन्जय दत्तले भने–म बिरामी छैन
sanjaya-1
बलिउडका चर्चित अभिनेता सन्जय दत्त चर्चामा छन् । उनी क्यान्सरको संक्रमित भएको समाचार चर्चामा छ । अगष्टमा सन्जय दत्त छातिको चौथो स्टेजको क्यान्सरसँग जुधिरहेको खबर बाहिर आएको थियो । त्यसपछि उनी उपचारको लागि मुम्बईको अस्पतालमा भर्ना भएका थिए । उपचारको क्रममा सन्जयको स्वास्थ्यलाई लिएर उनकै परिवारका तर्फबाट लगातार अपडेट आएका थिए । हाल सन्जयको एक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा सन्जयले मिडियासँग आफ्नो रोगको बारेमा कुरा गरेका छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । नयाँ भिडियोमा सन्जय हेयर स्टाइलिस्ट आलिम हकिमको सैलुनमा देखिएका छन् । उनलाई देखेपछि फोटोग्राफरले उनीसँग कुरा गरेका छन् । सन्जय बाहिर आएपछि मास्क खोल्छन् फोटोग्राफरले मास्क लगाउन भन्छन् । सन्जयले मास्क लगाउछन् र फोटोग्राफरले फोटो क्लिक गर्छन् । सन्जयले मिडियाकर्मीलाई भनिरहेका छन्, ‘अझैपनि म बिरामी छैन्, यस्तो नलेख्नु । ’ यसपछि उनी बेस्सरी हास्छन् र फोटोग्राफरलाई पोज दिन्छन् । सन्जयले भिडियोमा कालो टि–शर्ट, ब्राउन रंगको पाइन्ट र कालो रंगको चस्मा लगाएका छन् । उनले भिडियोमार्फत भनिरहेका छन्, ‘चाडै नै क्यान्सरलाई जित्नेछु र छिट्टै नै क्यान्सरबाट बाहिर आउनेछु ।’
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update