हिमाल दैनिक
मृत्युसँग लडिरहेका बलिउड कलाकारलाई सलमानको सहयोग
salman9
फिल्म ‘मेहन्दी’मा रानी मुखर्जीको पतिको भुमिका निभाउने कलाकार फराज खान हाल बेगलुरुको एक अस्पतालमा मृत्युसँग लडिरहेका छन् । उनलाई ब्रेन इन्फेक्सन भएपछि आईसीयुमा राखेर उपचार भइरहेको छ । केही दिन यता फराज खानको परिवारले अनलाइन मार्फत रकम जुटाउदै छन् । बलिउड किंग सलमान खानले एक बिरामी फराज खानको मद्दतको लागि हात बढाएका छन् । केही दिन अगाडी पुजा भट्टले ट्विट गरेर उपचारको लागि केही रकम जम्मा पारेकी थिइन् । ट्विटमार्फत पुजा भट्टले अरुलाई पनि मद्दत गर्न आग्रह गरेकी थिइन् । कश्मीरा शाहले एक पोस्ट गरेर सलमान खानले फराजको मेडिकल बिल भुक्तानी गरेको बताएकी छिन् । कश्मीरा शाहले सलमान खानलाई सम्बोधन गर्दै लेखेकी छिन्, ‘तपाइँ साच्चै महान मानिस हो । फराज खानको हेरविचार गर्ने र उनको मेडिबल बिलको लागि थ्याक्यु । ’ उनले अगाडी लेखेकी छिन्, ‘ हाल कलाकार फराज खान क्रिटिकल अवस्थामा छन् । र सलमान खान उनको साथमा उभिएर मद्दत गरिरहेका छन् । म सधै उनको प्रशंसक रहनेछु । यदि कसैलाई यो पोस्ट मन नपरेमा अनफलो गर्नु । फिल्म उद्योगमा जति मानिस भेटे तर सबैभन्दा साचो मानिस सलमान नै हुन् । ’ ९० को दशकमा फराज खान बलिउडको केही फिल्ममा देखिएका थिए । उनी कलाकार युसुफ खानका छोरा हुन् ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update