हिमाल दैनिक
चलचित्र ‘लक्ष्मी पूजा’ को ‘फुर फुर पुतली’ गीतमा सलोन र रियाशाको रोमान्स (भिडियो)
1602749381-AuOh7
कोरोनाभाइरसको संक्रमणका कारण निर्माण भइसकेका नेपाली चलचित्रहरु अहिले प्रदर्शनमा आउन सकिरहेका छैनन् । निर्माता निर्देशकहरु कोरोनाभाइरसको संक्रमण सामान्य भएपछि नयाँ चलचित्रको छायाँकनमा जाने तयारीमा छन् । यसैबीच अहिले चलचित्र 'लक्ष्मीपूजा' प्रदर्शनमा आउने तयारी भइरहेको छ । यस चलचित्र टेलिभिजनमा रिलिज हुने बताइएको छ । बुधबार यस चलचित्रको पहिलो गीत ‘फुर फुर पुतली’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । यस गीतमा माण्डवी त्रिपाठी र अंकित न्यौपानेको स्वर रहेको छ भने दयाराम पाण्डेको शब्द र विपिन आचार्यको संगीत रहेको छ । भिडियोमा अभिनेता सलोन बस्नेत र मोडल रियाशा दाहालको अभिनय रहेको छ । र्देशन शोभित बस्नेतले निर्माण गरेको यस चलचित्रमा जाहान्वी बस्नेतले दोहोरो भूमिका निर्वाह गरेकी छन् । चलचित्रमा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुरेली, नीर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कात्तिक ७ गतेबाट डिस होममा प्रदर्शन हुने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २९, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update