हिमाल दैनिक
आजबाट ‘आई एम ट्वान्टी वान’को छायांकन सुरु हुने
dhiraj-and-jasita
निर्माण घोषणा भएको लामो समयसम्म पनि छायांकनमा जान नसकेको चलचित्र ‘आई एम ट्वान्टी वान’को सुटिङ अब सुरु हुने भएको छ । यसको निर्माणपक्षले भोली घटस्थापनाबाट चलचित्रको छायांकन सुरु गर्न लागेको हो । चलचित्रमा नायक धिरज मगर र नायिका जसिता गुरुङको मुख्य भूमिका छ । डान्सको कथामा निर्माण हुन लागेको यो चलचित्रका लागि धिरज र जसिताले लामो समयदेखि वर्कशप पनि गरिरहेका थिए । चलचित्रलाई रेनशा वान्तवा राइले निर्देशन गर्दैछिन् । उनले सामाजिक संजालमा अब सुरु भन्दै चलचित्रको स्क्रिप्ट पोष्ट गरेकी छिन् । चलचित्रका निर्माता प्रज्ज्वल शमशेर जवराले भने–‘हामीले भोलीबाट चलचित्रको छायांकन सुरु गर्दैछौ । हामीले एक साताको सेड्यूल बनाएर काम सुरु गर्न लागेका हौं । एक साता छायांकन गरेपछि दशैंको लागि केही दिन काम रोकिनेछ । यसपछि फेरि तिहारसम्म काम सुरु हुनेछ ।’ प्रज्ज्वलका अनुसार चलचित्रको इनडोरको काम सुरुमा गरिनेछ । काठमाण्डौमा करिब ३ साता खिचेपछि चलचित्रको छायांकन धरानमा गरिनेछ । प्रज्ज्वलले भने–‘हामीले, निकै कम यूनिट राखेर काम सुरु गर्दैछौ । सम्पूर्ण सावधानी अपनाएर काम गर्ने तयारी गरेका छौ । छायांकन भरी टिमका सबै सदस्य एकै ठाउँमा बस्नेछौ ।’ चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’मा काम गरेपछि नायक धिरज मगरको क्रेज बढेको थियो । यस्तै, निर्देशक राइले पनि ‘इन्टु मिन्टु लण्डनमा’ निर्देशन गरेपछि उनको चर्चा चुलिएको थियो । धिरज र जसिताले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update