हिमाल दैनिक
‘श्री’को फस्टलुकमा सन्दिपदेखि वर्षासम्म
shree
चलचित्र ‘श्री’को फस्टलुक रिलिज गरिएको छ । टेलिभिजन र युटुबमा रिलिज गर्ने तयारी गरिएको यो चलचित्रको मुख्य भूमिका सन्दिप क्षेत्री छिन् । लकडाउनका कारण एउटै घरमा थुनिएका पात्रहरुको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा सन्दिपको साथमा वर्षा सिवाकोटी, वुद्दि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुषाल लगायतका कलाकारको अभिनय छ । एभरेष्ट सूर्य बोहराको यो चलचित्रमा निर्देशन छ । यो चलचित्रमा श्री पराजुली र सविता गुरुङको लगानी छ । यो चलचित्रलाई छोटो समयमा खिचिएको हो । वुझिएअनुसार, चलचित्रको निर्माणपक्षले प्रचार गरेजस्तो ७२ घन्टामा यो चलचित्र खिचिएको होइन । तर, एउटै घर भित्र केही दिन लगाएर खिचिएको चलचित्रमा सन्दिप क्षेत्री केन्द्रमा छन् । शेरबहादुर तामाङको छायांकन रहेको चलचित्रमा सुजन बडालको सम्पादन, एलिस कार्कीको ब्याकराउण्ड स्कोर र निरज केसीको साउन्ड मिक्सिङ छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ३०, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update