हिमाल दैनिक
फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोश्रो टिजर रिलिज
EYPK-thumbnail-1536x644
 चार दशक नेपाली चलचित्रमा अनवरत योगदान दिएका कलाकार शिव श्रेष्ठले प्रस्तुत गरेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को दोस्रो टिजर रिलिज गरिएको छ।  शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ र करिस्मा मानन्धरको छोरी कबिता मानन्धरको डेब्यु फिल्म त्यो पनि जोडिका रुपमा भएकोले पनि फिल्मको चर्चा बढी छ।
नेपाली मात्र नभएर पाकिस्तानी, बङ्लादेशी र थाइ फिल्म मार्फत नेपाली र सम्वन्धित देशको कला सँस्कृतीको उत्थानमा योगदान दिएका कलाकार शिव श्रेष्ठ आफैले हालको कोभिड-१९ को विषम परिस्थिति र नेपाली फिल्म उद्योगमा निराशा छाएको समयमा फिल्मको रिलिजको लागि तयार भएर आउनुलाई  नेपाली फिल्म उद्योगको आकाशमा मडारिएको कालो बादलमा चाँदीको घेरा देखिएको निर्देशक दिपेस सापकोटाको भनाइ छ।
२०७४ चैत्र ३० गते उपराष्टपति नन्दकिशोर पुनको उपस्तिथिमा शुभ मुहुर्त गरिएको फिल्मको २०७५ जेठ १ गते एक्सन टिजर रिलिज गरिएको थियो। ‘मल्टी स्टार’ र ‘बिग बजेट’ फिल्म भएकाले सुटिङ सक्न केही लामो समय लागेको निर्माण युनिटको स्विकारोक्ती छ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update