हिमाल दैनिक
‘एक तर्फी माया’ले श्वेता खड्काको दिल टुट्यो! (भिडियो)
sweata
नायिका श्वेता खड्काको दिल टुटेको भिडियो सार्वजनिक भएको । सरना श्रेष्ठले स्वर दिएको एक तर्फी माया गीतको भिडियोमा श्वेताले दिल टुटेकी युवतीको भूमिका निर्वाह गरेकी छिन् । भिडियोमा श्वेतासँगै अनुपविक्रम शाही र निराजन प्रधान फिचर्ड छन् । सुरेन्द्र श्रेष्ठको संगीत रहेको गीतका शब्द वरिष्ठ हाँस्य व्यांग्य कलाकार मदनकृष्ण श्रेष्ठले लेखेका हुन् । सरना उनकी आफ्नै छोरी हुन् । श्वेता खड्काको काया फिल्मले निर्माण गरेको भिडियोको कन्सेप्ट तथा निर्देशन गायिका सरना श्रेष्ठले नै गरेकी हुन् । ‘एक तर्फी माया’ गीतको भिडियोबाट श्वेता खड्काले आफ्नो अफिसियल युटुव च्यानल “क का की”पनि सञ्चालनमा ल्याएकी छिन् । भिडियो :
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update