हिमाल दैनिक
नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको कोरोनाबाट निधन
baikuntha-maske
नेपाली चलचित्रका पहिलो छायांकार बैकुण्ठमान मास्केको निधन भएको छ । उनको ८३ बर्षको उमेरका निधन भएको जानकारी चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले दिएका छन् । पुष्करका अनुसार, लामो समयदेखि मास्के कलेजोको बिरामी समेत थिए । उनलाई कोरोना पोजिटिभ देखिएको थियो । मास्केले पूर्ण छायांकारको रुपमा चलचित्र ‘मनको बाँध’मा काम गरेका थिए । मास्केले केही विदेशी समाचार संस्थामा पनि काम गरेका छन् । साथै, उनले दर्जन बढी चलचित्रमा पनि काम गरेका छन् । उनलाई, गतबर्ष चलचित्र निर्माता संघले विरगञ्जमा आयोजना गरेको स्वर्णिम चलचित्र महोत्सवमा पहिलो छायांकारको रुपमा सम्मान गरेको थियो । मास्केको श्रीमती र एक छोरी छन् ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update