हिमाल दैनिक
बेनिशा र मुकुनको मुख्य भूमिकामा फिल्म ‘भाँडाकुटी’ बन्ने
1603029065-FOkmf
किरण बिकको निर्देशनमा फिल्म ‘भाँडाकुटी’ बन्ने भएको छ। सामाजिक कथामा निर्माण हुन लागेको यस फिल्ममा कलाकार मुकुन भुषाल र बेनिशा हमालको मूख्य अभिनय रहने बताइएको छ ।
यस फिल्मको निर्माण घोषणा शनिवार गरिएको थियो । किरण बिकको कथा लेखन एवं निर्देशन रहने यस फिल्म छायाँकनका लागि फागुनदेखि फ्लोरमा जाने बताइएको छ । फिल्म २०७८ साल रिलिज गर्ने तयारी गरिएको छ । फिल्ममा निशल पौडेलको छायाँकन,  राज कुमार दर्जीको कोरियोग्राफि र भिम बिकको सम्पादन रहने छ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ००:००
प्रतिक्रिया दिनुहोस्
Weather Update